०७ असार २०८३, आइतबार

सेवाग्राहीको काम पूरा नगर्ने कर्मचारीलाई कारबाही हुन्छ : गृहमन्त्री निधि

कात्तिक २०, २०७४
सेवाग्राहीको काम पूरा नगर्ने कर्मचारीलाई कारबाही हुन्छ :  गृहमन्त्री निधि
सप्तरी, ६ माघ - उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विकास निर्माणका साथै जनताको काम काजलाई छिटो छरितो रुपमा सम्पन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

सप्तरीको बरमझियामा कार्यालय प्रमुखहरुलाई आज निर्देशन दिँदै गृहमन्त्री निधिले कर्मचारीले उच्च मनोबलका साथै इमान्दारीपूर्वक सरकारका नीति तथा कार्यक्रमलाई पूरा गर्न निर्देशन दिनुभयो ।

उहाँले संविधान संशोधनपश्चात् स्थानीय निकायलगायत तीनवटै निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्नु पर्ने बताउनुभयो ।

उहाँले सेवाग्राहीको काम पूरा नगर्ने कर्मचारीलाई कारबाहीसमेत गरिने बताउँदै वर्तमान संविधान गतिशील दस्तावेज भएकाले सबैलाई सन्तुष्ट पार्न संविधान संशोधन अवश्यक रहेको छ भन्नुभयो ।

सो कार्यक्रममा निजामती, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थानका कार्यालय प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।

सो बैठकपश्चात् नेपाली काँग्रेसका नेतासमेत रहनुभएका मन्त्री निधिले नेपाली काँग्रेसका कार्यकर्तासँगको भेटघाटमा संविधान संशोधनपश्चात् निर्वाचन निश्चित हुने भएकाले त्यसको तयारीमा लाग्न जोड दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्