२८ असार २०८३, आइतबार
अर्जुन लामा हत्या प्रकरण

अग्नि सापकोटाविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाउन सर्वोच्चको आदेश

जेठ २१, २०८२
काठमाडौं
अग्नि सापकोटाविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको उजुरीमा अनुसन्धान गर्न आदेश दिएको छ ।​​

पूर्णिमाया लामाले दायर गरेको रिटमा बुधबार फैसला सुनाउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासले उत्प्रेषणको आदेश जारी गरेको हो ।

यससँगै प्रहरीले सापकोटामाथि ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाउनुपर्ने भएको छ ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या भएको सम्बन्धमा दिएको उजुरीमाथि प्रहरीबाट अनुसन्धान नभएपछि पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

तर, सापकोटाविरुद्ध नै कनकमणि दीक्षित दायर गरेको रिटमा भने मागदाबी नपुग्ने फैसला भएको छ ।

दीक्षितले सर्वोच्चमा रिट विचाराधीन रहेका बेला सञ्चारमन्त्री बनेको भन्दै अदालतको अवहेलनासम्बन्धी रिट हालेका थिए ।

यसैगरी, सुशील प्याकुरेललगायतले दायर गरेको रिट खारेज भएको छ ।

सर्वोच्चमा लामो समयदेखि विचाराधीन रिटमाथि सुनुवाइपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडाल सम्मिलित संवैधानिक इजलासले फैसला सुनाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्