०५ साउन २०८३, मंगलबार

ऐतिहासिक कांस्य विजेता एरिका सम्मानित

जेठ २१, २०८२
काठमाडौं
ऐतिहासिक कांस्य विजेता एरिका सम्मानित

 तार्केश्वर नगरपालिकाले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङलाई बुधबार नगदसहित सम्मान गरेको छ ।

तार्केश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन, नगर उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रशासकीय प्रमुख इश्वरीप्रसाद आचार्यले एरिकालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरे । 

कार्यक्रममा वडा न २ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण खड्गी, नगर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गीलगायतको उपस्थिति रहेको थियो ।
मोरक्कोको रावतमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि तौलसमूहमा एरिकाले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउदै ऐतिहासिक कांस्य जितेकी हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्