१२ असार २०८३, शुक्रबार

आरसीबीको विजय उत्सवमा मच्चिएको भागदौडमा मृत्यु हुनेको संख्या ११ पुग्यो

जेठ २१, २०८२
काठमाडौं
आरसीबीको विजय उत्सवमा मच्चिएको भागदौडमा मृत्यु हुनेको संख्या ११ पुग्यो

बेंगलुरुस्थित चिन्नास्वामी रंगशालाबाहिर आरसीबीको जीतको उत्सव मनाउने क्रममा मच्चिएको भागदौडमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा ३३ जनाभन्दा बढी घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

आईपीएलको इतिहासमा १८ वर्षपछि पहिलोपटक उपाधि जितेको खुसीमा र आरसीबी टोलीको स्वागत गर्न लाखौं संख्यामा युवा, महिला, पुरुष र वृद्धवृद्धासमेत सडकको छेउमा भेला भएका थिए।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, चिन्नास्वामी स्टेडियमको गेटमा मच्चिएको भागदौडमा ११ जनाको ज्यान गएको छ ।

‘त्यतिबेला स्टेडियमको मूल गेट खुलेको थिएन । हजारौं मानिस सानो गेटबाट जबर्जस्ती पस्ने प्रयास गरिरहेका थिए । त्यही क्रममा भागदौड मच्चिएको हो’, उनले भने । 

उत्सव मनाउन करिब १ लाख मानिस आउने अनुमान गरिएको थियो, तर भीड करिब २ लाखसम्म पुगेको थियो । स्टेडियम वरपर पनि ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए ।

घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । 

आरसीबी टोली विशेष विमानमार्फत् पुरानो एचएएल विमानस्थलमा अवतरण गरेको थियो । जहाँ कर्नाटक राज्यका उपमुख्यमन्त्री डीके शिवकुमारले टोलीको स्वागत गरेका थिए र टोलीलाई जुलुसमार्फत होटलतर्फ लगिएको थियो।

स्वागत समारोहअघि राज्यपाल थावरचन्द गहलोत, मुख्यमन्त्री सिद्धरामैय्या र अन्य मन्त्रीहरूले टोलीलाई बधाई दिएका थिए । त्यसपछि टोली फेरि जुलुसमार्फत स्टेडियम जानुपर्ने कार्यक्रम तय गरिएको थियो ।

शहरका विभिन्न भागबाट १८ नम्बर लेखिएको जर्सी लगाएका समर्थकहरू मोटरसाइकल, कारलगायत सवारीसाधनमार्फत स्टेडियमतर्फ ओइरिएका थिए । मेट्रो रेलहरू यति खचाखच भरिएका थिए कि धेरैजना चढ्न नै पाएनन् । उनीहरूले ‘आरसीबी... आरसीबी...’ भन्दै नाराबाजी गरिरहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्