१४ असार २०८३, आइतबार

धनगढीमा स्पा तथा वेलनेस थेरापीसम्बन्धी व्यवसायीक तालिम

जेठ २२, २०८२
काठमाडौं
धनगढीमा स्पा तथा वेलनेस थेरापीसम्बन्धी व्यवसायीक तालिम

धनगढीमा १५ दिने स्पा तथा वेलनेस थेरापी व्यवसायीक तालिम शुरू भएको  छ । दक्ष जनशक्तिको बढ्दो मागलाई ध्यानमा राख्दै धनगढीमा १५ दिने स्पा तथा वेलनेस थेरापी तालिम शुरू भएको हो ।

तालिम व्यवसायीक तथा सीप विकास तालिम केन्द्र, धनगढी, कैलाली र प्रादेशिक आयुर्वेदिक चिकित्सालय, कैलालीको सहकार्यमा सञ्चालन भइरहेको छ। जेन स्पा काठमाडौं र स्पा संघ नेपालले तालिममा प्राविधिक सहयोग प्रदान गरेका छन्। जेठ १७ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने तालिममा १५ जना महिला र ७ जना पुरुष, गरी २२ जना सहभागी छन्।

सहभागीहरूलाई स्पा सेवा, मसाज प्रविधि, वेलनेस थेरापी, ग्राहक व्यवहार र व्यावसायिक अनुशासनसम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक ज्ञान दिइँदैछ। तालिमको समायोजन वरिष्ठ कविराज निरीक्षक गजेन्द्रप्रसाद कुशवाहाले गरिरहेका छन् भने प्रशिक्षक बिनिता ठोकरले प्रशिक्षण दिइरहेकी छन्।

रोजगारीको सुनिश्चितता आयोजक संस्थाका अनुसार, तालिमपश्चात सहभागीहरूलाई रोजगारीको ग्यारेन्टी दिइनेछ। सफल प्रशिक्षार्थीहरूलाई देशभरका विभिन्न स्पा तथा वेलनेस सेन्टरहरूमा रोजगारीको अवसर प्रदान गरिनेछ भने स्वरोजगार चाहनेलाई परामर्श र प्राविधिक सहयोगसमेत उपलब्ध गराइनेछ।

उच्च माग र राम्रो आम्दानीको क्षेत्र स्पा तथा वेलनेस क्षेत्र हाल द्रुत रूपमा विस्तार भइरहेको क्षेत्र हो। दक्ष जनशक्तिको अभाव भएको यस क्षेत्रमा आकर्षक आम्दानीको सम्भावना रहेको र विदेशमा पनि रोजगारीका अवसर व्यापक रहेको बताइएको छ। यस तालिमले स्थानीय स्तरमै रोजगारी र उद्यमशीलता विकास गर्न मद्दत गर्ने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्