१६ असार २०८३, मंगलबार
पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

मन्त्रिपरिषद्को निर्णयमा छिर्‍यो अख्तियार

जेठ २२, २०८२
काठमाडौं
मन्त्रिपरिषद्को निर्णयमा छिर्‍यो अख्तियार

मन्त्रिपरिषद्ले गरेको निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काभ्रेमा रहेको जग्गा पतञ्जली आर्युवेदलाई दिने २०६६ पुस २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयमा अनुसन्धान गरी अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

अख्तियारले १८ करोड ५७ लाख बिगोसहित पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

मन्त्रिपरिषद्को निर्णयलाई लिएर पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा लागेको यो पहिलो नजिर हो । 

अख्तियारलाई छल्न मन्त्रिपरिषद्‌बाट निर्णय गराउने प्रवृत्ति बढिरहेको समयमा अख्तियारले मन्त्रिपरिषद्को निर्णयमा समेत मुद्दा दर्ता गरेको हो । अख्तियारले नेपालसँग घरमै गएर बयान लिएको थियो । 

मन्त्रिपरिषद्को निर्णय सदन गर्ने तत्कालीन मुख्यसचिव स्व. माधव घिमिरेकी पत्नी कमलाविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

२०६९ सालमा बनेको चुनावी मन्त्रिपरिषद्‌मा गृहमन्त्री बनेका घिमिरेको त्रिशूलीमा भएको गाडी दुर्घटनामा मृत्यु भएको थियो । 

अख्तियारले तत्कालीन कानून मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार मन्त्री स्व. डम्बर श्रेष्ठका छोरालाई समेत प्रतिवादी बनाएको छ । भ्रष्टाचार मुद्दा लागेपछि पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ । उनी रौतहटबाट प्रत्यक्ष चुनाव जितेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्