३० असार २०८३, मंगलबार

सत्ता-प्रतिपक्षबीच जुटेन सहमति, संसद् बैठकको समय परिवर्तन

जेठ २२, २०८२
काठमाडौं
सत्ता-प्रतिपक्षबीच जुटेन सहमति, संसद् बैठकको समय परिवर्तन

प्रतिनिधिसभाको बैठक बस्ने समय परिवर्तन गरिएको छ । 

यसअघि तय भएको समयमा बैठक बस्न नसकेपछि सूचना टाँस गरेर समय परिवर्तन गरिएको हो । 

संसद् सचिवालयका अनुसार यसअघि दिउँसो १ बजेलाई तय भएको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले ३:३० बजेलाई निर्धारण भएको छ । 

‘आज मिति २०८२ साल जेठ २२ गते बिहीबार दिनको १:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ३:३० बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, संसद्‌का महासचिव पद्म प्रसाद पाण्डेयले जारी गरेको सूचनामा छ । 

भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले निरन्तर संसद् अवरोध गर्दै आएका छन् । 

संसद् चलाउनेबारे सभामुख देवराज घिमिरेले निरन्तर पहल गरे पनि सत्ता र प्रतिपक्षबीच सहमति जुटेको छैन ।

null

salt training

कमेन्ट गर्नुहोस्