०३ साउन २०८३, आइतबार

राजावादीको आन्दोलन पतन भइसक्यो, प्रदर्शनको कुनै अर्थ छैन : देउवा

जेठ २२, २०८२
धनुषा
राजावादीको आन्दोलन पतन भइसक्यो, प्रदर्शनको कुनै अर्थ छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा समर्थकले प्रदर्शन गर्नु अर्थहिन रहेको बताएका छन् ।

कांग्रेसका स्व. नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औं स्मृतिसभा, शालिक अनावरण र उनका बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रमका लागि यहाँ आउने क्रममा आज जनकपुरधाम विमानस्थलमा पत्रकार सम्मेलनमा सभापति देउवाले राजावादीको आन्दोलन पतन भइ​सकेकाले प्रदर्शन गर्नु अर्थहिन रहेको टिप्पणी गरे ।​​

पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्र विरोधी गतिविधि भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उनले उल्लेख गरे । सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरे ।

सभापति देउवा धनुषामा भोलिसम्म हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यसूची रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्