२८ जेठ २०८३, बिहीबार

गर्मीका कारण विराटनगर महानगरका विद्यालय आजदेखि तीन दिन बन्द

जेठ २८, २०८२
विराटनगर
गर्मीका कारण विराटनगर महानगरका विद्यालय आजदेखि तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विराटनगर महानगरअन्तर्गतका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा आजदेखि जेठ ३० गतेसम्मका नगरका विद्यालय बन्द गर्ने निर्णय भएको उल्लेख छ ।

 गर्मीका कारण विद्यालयमा अध्ययन गर्न नसक्ने अवस्था भएपछि विद्यालय बन्द गर्नुपरेको जनाइएको छ । वर्षा भएर अनुकूल अवस्था सिर्जना भएमा पठनपाठनका विद्यालय खुल्ने विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्