०९ साउन २०८३, शनिबार

कोलम्बियासँग बराबरीमा रोकियो अर्जेन्टिना

जेठ २८, २०८२
काठमाडौं
कोलम्बियासँग बराबरीमा रोकियो अर्जेन्टिना

फिफा विश्वकप छनोटको दक्षिण अमेरिकी छनोटमा अरेज्न्टिनाले कोलम्बियासँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना र कोलम्बियाले १-१ गोलको बराबरी खेलेका हुन् । 

१-० ले पछि परेको अवस्थाबाट अन्तिम समयतिर गोल फर्काउँदै १० खेलाडीमा सीमित अर्जेन्टिनाले हार टारेको हो । दोस्रो हाफको ७०औं मिनेटमा एन्जो फर्नान्डेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिन १० खेलाडीमा सीमित भएको थियो ।

खेलको २४औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । ८१औं मिनेटमा पालसियसको असिस्टमा थियागो अल्माडाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन सकेन । 

अर्जेन्टिना यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्