०२ असार २०८३, मंगलबार

दोस्रो नेपाल अक्वाटिक्स प्रतियोगिता सम्पन्न

जेठ २८, २०८२
काठमाडौं
दोस्रो नेपाल अक्वाटिक्स प्रतियोगिता सम्पन्न

दोस्रो नेपाल अक्वाटिक्स प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पौडी संघको आयोजनामा ललितपुरको सातदोबाटोस्थित अन्तराष्ट्रिय पौडी पोखरीमा प्रतियोगिता सम्पन्न भएको हो । 

२ दिनसम्म चलेको प्रतियोगितामा जम्मा ५३ वटा इभेन्ट्मा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कुल १२१९ अंकका साथ निसर्ग बाटिका स्कुल पहिलो स्थान र ११८१ अंकका साथ नेपाल पुलिस क्लब दोस्रो स्थानमा रहे ।

पहिलो पल्ट राष्ट्रिय स्तरको पौडी प्रतियोगितामा सहभागिता जनाएको सगरमाथा स्विम क्लब ७४९ अंकका साथ तेस्रो भयो । 

null

प्रतियोगितापश्चात् नेपाल पौडी संघले निकालेको प्रमुख ५ खेलाडीमा पुरुषतर्फ नेपाल पुलिस क्लबका इर्भिन श्रेस्ठ, एपीएफका अजल काजी ताम्राकार, नेपाल पुलिस क्लबकै अनुभव सुब्बा र सगरमाथा स्विम क्लबका एल्भिन महर्जन र सेरेन सिंह रहेका छन् । 

महिलातर्फ, प्रमुख ५ खेलाडीमा त्रिभुवन आर्मी क्लबकी डुवाना लामा, एपीएफकी आर्या महर्जन, नेपाल पुलिस क्लबकी देवान्सी जोशी, एपीएफकी अदिप्सा वैद्य र नेपाल पुलिस क्लबकी टिसा महर्जन रहेका छन् । 

प्रतियोगितामा विभिन्न संघ, संस्था एवम् विद्यालयको प्रतिनिधित्व गर्दै नेपालभरिका कुल ३०१  खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्