२६ जेठ २०८३, मंगलबार

गृहमन्त्रीको राजीनामाको प्रसंग असान्दर्भिक भइसक्यो, अब संसद् चल्छ– सरकारका प्रवक्ता

जेठ २८, २०८२
काठमाडौं
गृहमन्त्रीको राजीनामाको प्रसंग असान्दर्भिक भइसक्यो, अब संसद् चल्छ– सरकारका प्रवक्ता
फाइल फोटो

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग असान्दर्भिक भएको बताएका छन् । गृहमन्त्रीको राजीनामा विना नै संसद्को अवरोध हट्ने उनले बताए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले बुधबार या बिहीबारसम्म संसद् अवरोध हट्ने बताएका हुन् । 

‘अख्तियारले एउटा कर्मचारीमाथि छानबिन शुरू गरेको हो, एक जना कर्मचारीमाथि छानबिन चल्दै गर्दा मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्दैन मैले पहिले पनि भनेको थिएँ,’ मन्त्री गुरुङले भने, ‘गृहमन्त्रीले राजीनामा दिने कुरा आउँदैन । अहिले जसरी संसद् अवरुद्ध भइरहेको छ, आज भोलि मै सहमति हुन्छ ।’

भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबीच सहमति भइसकेको उनले बताए । ‘आज या भोलिसम्ममा कुरा मिल्छ भन्ने लाग्छ,’ गुरुङले भने । ​

भिजिट भिसा प्रकरणमा गृहमन्त्रालयका एक जना सहसचिव पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले जेठ १३ देखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

विपक्षीको अवरोधका कारण पटक-पटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक बुधबारका लागि बोलाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्