१३ असार २०८३, शनिबार

झापामा निरन्तर वर्षा, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

जेठ २८, २०८२
काठमाडौं
झापामा निरन्तर वर्षा, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
फाइल तस्वीर ।

झापाको बाहुनडाँगी क्षेत्रमा पछिल्लो एक घण्टामा निरन्तर पानी परिरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बाहुनडाँगी वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा वर्षा मापन भएको छ  । थप वर्षा हुने सम्भावना रहेकोले खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । 

बुधबार बेलुका ६ बजेसम्मको एक घण्टामा उल्लेख्य वर्षा मापन गरिएको विभागले जनाएको छ । विभागले यस क्षेत्रका साना खोलामा बहाव बढ्न सक्ने जनाउँदै तटीय र होचो भूभागमा डुबानको जोखिम बढेको चेतावनी दिएको छ ।

विभागका अनुसार पछिल्लो एक घण्टाको अवलोकनमा झापा जिल्लामा पानी पर्ने दर उच्च देखिएको छ । आगामी केही घण्टा निरन्तर वर्षा हुने सम्भावना रहेकाले सतर्कता आवश्यक रहेको विभागले जनाएको छ । 

स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक समन्वय तथा पूर्वतयारीमा जुट्न समेत विभागले आग्रह गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्