०९ असार २०८३, मंगलबार

जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १३ जना पक्राउ

जेठ २९, २०८२
काठमाडौं
जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १३ जना पक्राउ परेका छन् । 

महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार ज्याकटा टोल बस्ने ४० वर्षीय जोसिराज राईको घरमा जुवातास खेलिरहेको अवस्थामा जोसिराज समेत १३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४७ हजार ६ सय ३५ रूपैयाँसहित पक्राउ गरेको हो । 

उनीहरूको साथबाट  १३ थान मोबाइल र तास ८ बुक बरामद भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्