२९ जेठ २०८३, शुक्रबार

अहमदाबादको दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि थिए

जेठ २९, २०८२
काठमाडौं
अहमदाबादको दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि थिए

लण्डन जाँदै गरेको एअर इण्डियाको विमान बिहीबार दिउँसो अहमदाबादमा दुर्घटना भएको  छ । दुर्घटनामा ठूलो क्षति भएको अनुमान गरिए पनि विस्तृत विवरण भने आउन बाँकी छ ।

२४२ जना सवार उक्त विमानमा गुजरात राज्यका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार दुर्घटनामा करिब १०० जना घाइते भएका छन् । विमान एक घना बस्ती भएको क्षेत्रमा खसेको बताइएको छ, जहाँ दुई किलोमिटर टाढासम्म धुवाँ देखिएको थियो ।

दुर्घटनापछि गुजरात राज्यमा भारतीय जनता पार्टी (भाजपा)का सबै कार्यक्रम रद्द गरिएका छन्।

विमान दुर्घटनापछि भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले गुजरातका मुख्यमन्त्री, गृहमन्त्री तथा प्रहरी कमिश्नरसँग फोनमा कुरा गरेका छन् । 

शाहले घटनास्थलमा केन्द्र सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने आश्वासनसमेत दिएका छन् ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्