१३ असार २०८३, शनिबार

मालीमा भएको आत्मघाती कारबम हमलामा ५० को मृत्यु

कात्तिक २०, २०७४
मालीमा भएको आत्मघाती कारबम हमलामा ५० को मृत्यु

 

गाओ (माली), ६ माघ - मालीमा भएको आत्मघाती कारबम हमलामा परी कम्तीमा ५० को मृत्यु भएको छ ।

पूर्वविद्रोहीहरुलाई राखिएको शिविरमा बुधबार विस्फोट भएको र अरु कैयौ घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

गाओ यस क्षेत्रको सवै भन्दा ठुलो सहर हो । यहाँ सन् २०१५मा शान्ति सम्झौता भएर सरकार विरोधी गतिविधि रोकेका विद्रोहीहरुलाई राखिएको थियो ।

राष्ट्रपति इब्रहिम बौबाकरले घटना प्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

अल्जेरियन जिहादिस्ट र अलक्वेदाले विज्ञप्ती जारी गरी घटनाको जिम्मेबारी लिएका छन् ।

आक्रमण लगत्तै रक्षा मन्त्री अब्दुल्लाय इद्रिसा मैगाले घटनास्थलमा पुगेर घटनाका बारेमा जानकारी लिनु भएको छ ।

यसैबीच, सो घटनालाई संयुक्त राष्ट्रसङ्घले क्रुर अमानविय घटनाको संज्ञा दिएको छ ।

राष्ट्रसङ्घका एक जना प्रवक्ताले मालीमा भएको घटनाको घोर भ्रत्सर्ना गरिएको र शान्ति सम्झौतालाई प्रभाव पार्नेगरी भएका यस्ता गतिविधि निन्दनीय भएको बताउनु भएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्