रूपन्देहीको मायादेवी गाउँपालिका-६ बेथरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
३२ वर्षीय प्रदीप यादवको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा नल्कामा विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।