
ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ गर्ने क्रममा प्रहरीले कैलालीमा दुई जनामाथि गोली प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार कैलालीको भजनी गाउँपालिका –४ मा भेटिएका रिदम ढुंगाना र मिलन चन्दलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेका थिए ।
त्यसपछि उनीहरूमाथि गोली चलाउनु परेको डीएसपी सिंहले बताए । ढुंगाना र चन्द दुवै जना ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी रहेको डीएसपी सिंहले जानकारी दिए ।
गोली लागि घाइते भएका दुवै लाई धनगढी अस्पतालमा लगिएको छ ।