२८ असार २०८३, आइतबार

अन्तर्राष्ट्रिय नेपाली मञ्चको कार्यक्रममा सहभागी हुन एमाले महासचिव पोखरेल बेलायत प्रस्थान

जेठ २९, २०८२
काठमाडौं
अन्तर्राष्ट्रिय नेपाली मञ्चको कार्यक्रममा सहभागी हुन एमाले महासचिव पोखरेल बेलायत प्रस्थान

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेल बिहीबार बेलायत प्रस्थान गरेका छन् । 
   
अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन उनी एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्यसहित प्रस्थान गरेको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 
     
बेलायतमा रहँदा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञसँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं यूरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिए । 

महासचिव पोखरेल बेलायतपछि कतारमा आयोजना हुने एमाले पार्टीका प्रवास कमिटीका विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ । 

महासचिव पोखरेल आगामी असार ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्