३१ जेठ २०८३, आइतबार

मोटरसाइकल चोरीमा संलग्न  एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

जेठ ३०, २०८२
काठमाडौं
मोटरसाइकल चोरीमा संलग्न  एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ टिगनीबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ धुसकोट घर भई हाल भक्तपुरको सरस्वतीखेल बस्ने ३८ वर्षीय साइँला तामाङ रहेका छन् । 

वास्तविक नम्बर बागमती प्रदेश ०२-०४९ प ०४ ८३  रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४७  प १० ५० राखि तामाङले चलाईरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

उक्त मोटरसाइकल पेम्बा टासीले काठमाडौँको काठमाडौं महानगरपालिका ६ तीनचुलीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

नियन्त्रणमा तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्