२९ जेठ २०८३, शुक्रबार

एकैदिन चार हजार २०० बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

जेठ ३०, २०८२
काठमाडौं
एकैदिन चार हजार २०० बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ ।

बिहीबार प्रतितोला एक लाख ९२ हजार ९०० मा कारोबार भएको सुनको मूल्य शुक्रबार १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महास्घका अनुसार यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । 

चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।


 

कमेन्ट गर्नुहोस्