०९ साउन २०८३, शनिबार

एयर इन्डिया विमान दुर्घटना : लन्डन जान लागेको डाक्टर परिवारको अन्तिम सेल्फी

जेठ ३०, २०८२
काठमाडौं
एयर इन्डिया विमान दुर्घटना : लन्डन जान लागेको डाक्टर परिवारको अन्तिम सेल्फी

भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा एकै परिवारका पाँच सदस्यको मृत्यु भएको छ ।

मृतकमध्ये राजस्थानको बान्सवाडा शहरकी डाक्टर कौमी व्यास, उनका पति प्रतीक जोशी र तीन सन्तान थिए ।

दुर्घटनाअघि विमानभित्रै खिचिएको उनीहरूको अन्तिम परिवारिक सेल्फी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

डा. कौमी व्यास, उनका पति प्रतीक जोशी, छोरी मिराया जोशी र जुम्ल्याहा छोरा प्रद्युत र नकुल जोशी लन्डन जाँदै थिए ।

प्रतीक जोशी पहिलेदेखि नै लन्डनमा काम गर्दै आएका थिए । उनी श्रीमती र सन्तानहरूलाई पनि लन्डन लैजान भारत आएका थिए ।

पारिवारिक सपना पूरा गर्न निस्किएका उनीहरूको यात्रा ३३ सेकेन्डमै समाप्त भयो । एयर इन्डिया एआई१७१ विमान स्थानीय समयअनुसार १:३८ बजे उडेपछि ३३ सेकेन्डमै दुर्घटनामा परेको थियो ।

विमानमा २३० जना यात्रु र १२ जना चालकदलसहित जम्मा २४२ जना थिए । तीमध्ये २४१ जनाको ज्यान गयो भने एकजना मात्र जीवितै उद्धार भएका छन् ।

दुर्घटनामा विमानको ठूलो हिस्सा अहमदाबादस्थित बीजे मेडिकल कलेजको इन्टर्न छात्रावासमा ठोक्किएको थियो, जसका कारण विमानबाहिर पनि सर्वसाधारणको मृत्यु भएको छ ।

अहिलेसम्म दुर्घटनामा ज्यान गुमाउनेको संख्या २६० पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विमान चढ्नुअघिको उत्साहको क्षणमा खिचिएको परिवारको मुस्कानयुक्त सेल्फी डा. व्यासले आफैं सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्