२५ असार २०८३, बिहीबार

उपचारका लागि विदेशबाट नेपाली अस्पतालमा आउन थाले बिरामी

असार १, २०८२
काठमाडौं
उपचारका लागि विदेशबाट नेपाली अस्पतालमा आउन थाले बिरामी

केही वर्षअघिसम्म नेपालीहरू जटिल स्वास्थ्य समस्यामा मात्र होइन, सामान्य उपचारका लागि पनि विदेश जाने गर्दथे तर अहिले कैयौँ रोगको उपचारका लागि विदेशबाट बिरामी नेपाल आउन थालेका छन् । पछिल्ला १० वर्षमा नेपालको स्वास्थ्य क्षेत्रले फड्को मारेको छ । स्वास्थ्यसँग सम्बन्धित ऐन, नियम बनेका छन् । ती ऐन, नियमावलीलाई पूर्ण कार्यान्वयन र थप केही स्रोत व्यवस्थापन गर्न सके नेपालले स्वास्थ्य क्षेत्रमा अकल्पनीय प्रगति हासिल गर्न सक्ने सरोकारवालाको दाबी छ । 

एक दशकअघिसम्म मिर्गौला प्रत्यारोपण, क्यान्सर रोगको उपचार, कलेजो प्रत्यारोपणलगायतका उपचारका लागि नेपाली भारत, थाइल्यान्डलगायत विकसित मुलुकमा जाने गर्दथे तर अचेल ती रोगको उपचारका लागि बिरामी विदेशबाट नेपाली अस्पतालमा आउन थालेका छन् । 

केही वर्षअघिसम्म मिर्गौलाको प्रत्यारोपण मात्र होइन, डायलासिस गर्न पनि सर्वसाधारण नेपालबाट भारत जानुपथ्र्यो । १२ वर्षअघि सरकारले स्थापना गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला तथा कलेजो प्रत्यारोपणका लागि भारत जानुपर्ने बाध्यता हटाएको छ । हाल उक्त केन्द्रमा कलेजो र मिर्गौला प्रत्यारोपण भइरहेको छ । यति मात्र होइन, सरकारले अब मुटु प्रत्यारोपण पनि नेपालमै गर्ने तयारी गरिरहेको छ । प्रत्यारोपण केन्द्रमा भारत, बङ्गलादेशका बिरामी आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दाबी छ । 

त्यसो त मिर्गौलामा मात्र होइन, आँखाको उपचार गर्न पनि विदेशीले नेपाली अस्पताल रोज्ने गर्छन् । आँखा स्वास्थ्यमा नेपालले गरेको प्रगति विश्व प्रशंसित छ । झापा, विराटनगर, भैरहवा, गेटा, भरतपुरलगायतका आँखा अस्पतालमा उपचारका लागि भारतीय नागरिकको घुइँचो लाग्ने गरेको छ । ६० देखि ८० प्रतिशतसम्म नेपालका आँखा अस्पतालमा भारतीय नागरिक आएर उपचार गराउने गरेका छन् । 

नेपालमा नाम कहलिएका अस्पतालमा विदेशी आएर उपचार गराउन थालेका छन् । सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर मिर्गौला तथा कलेजो प्रत्यारोपण, मुटुरोग, क्यान्सर जस्ता रोगका लागि छुट्टै अस्पताल केन्द्रीकृत रूपमा सञ्चालन गरेको छ । ती सरकारी अस्पतालमा बिरामीको भिड लाग्ने गर्छ ।  गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्