
उदयपुरको चौदण्डिगढी नगरपालिका-४ मा दुई जनाको सुनको सिक्री थुतेर भाग्ने क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-२० का १९ वर्षीय सचिन राजपुत रहेका छन् ।
शनिबार दिउँसो शनिबारेस्थित बजारमा सोही स्थानकी २८ वर्षीय बिनिता तामाङ र ३१ वर्षीया सोभा राईले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा प्रहरी चौकी बसाहाको टोलीले राजपुतलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।