२३ असार २०८३, मंगलबार

बूढानीलकण्ठमा २ जना मृत फेला

असार १, २०८२
काठमाडौं
बूढानीलकण्ठमा २ जना मृत फेला

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई जना मृत फेला परेका छन् ।

बूढानीलकण्ठ–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

अन्जनाको टाउकोमा चोट रहेको उनले बताए ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्