
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री राजीब विक्रम शाहले मध्यरातमा सुरु भएको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्।
आगामी वर्षका लागि प्रदेश सरकारले चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ, पूँजीगत खर्चतर्फ १९ अर्ब ९८ करोड २७ लाख रुपैयाँ, वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख रुपैयाँ तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणबापत ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ।
बजेट खर्चका स्रोतमा कर राजस्वबाट ९६ करोड ७४ लाख ११ हजार, राजस्व बाँडफाँटबाट १० अर्ब २७ करोड ३० लाख, समानीकरण अनुदानबाट १० अर्ब ५६ करोड ४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ४४ करोड ६० लाख, समपूरक अनुदानबाट ५३ करोड ९७ लाख तथा विशेष अनुदानबाट ४९ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, आन्तरिक राजस्वबाट ५ अर्ब ६९ करोड ६८ लाख ४४ हजार र वैदेशिक सहायताबाट १ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।