३१ असार २०८३, बुधबार

सदनको अवरोध खुलाउनेबारे पाँच दलसँग सभामुखको छलफल

असार २, २०८२
काठमाडौं
सदनको अवरोध खुलाउनेबारे पाँच दलसँग सभामुखको छलफल

सदनको अवरोध खुलाउनेबारे सभामुख देवराज घिमिरेले संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलहरूसँग छलफल थालेका छन् । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपालगायत दलहरू छन् । 

सभामुखसँगै छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् । 

भिजिट भिसा प्रकरणमा प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग सहमति भए पनि रास्वपा र राप्रपालगायत दलले संसद् अवरोध जारी राखेका छन् । 

सभामुख घिमिरेले यसअघि आजै बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्