
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता ढुण्डीराज शास्त्रीको निधन भएको छ ।
९० वर्षीय शास्त्रीको उपचारका क्रममा सोमबार बिहान काठमाडौंको केएमसी अस्पतालमा निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश श्रेष्ठले जानकारी दिए ।
समाजवादी चिन्तकसमेत रहेका शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँचीबाट सांसद भएका थिए ।
शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री बनेका थिए ।
शास्त्रीका दुई छोरा छन् ।