०८ साउन २०८३, शुक्रबार

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

असार २, २०८२
काठमाडौं
एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंक लिमिटेड तथा काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।

ताप्लेजुङको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित १७.८५ मेगावाट क्षमताको यो आयोजनाको वित्तीय व्यवस्थापन भएको हो 

एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल (चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ) तथा काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षरपश्चात एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक सुब्बाले ऋण सम्झौता पत्र आदान प्रदान गरे । 

सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समय सीमाभित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखि सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे ।

सुब्बाले एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो मैवा खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसीमामा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्