११ असार २०८३, बिहीबार

विदेश पठाउने नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ

असार २, २०८२
काठमाडौं
विदेश पठाउने नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै लाखौं रूपैयाँ ठगी गरेको आरोपमा दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएअनुसार उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको लोभ देखाएर विभिन्न देशमा पठाइदिने आश्वासन दिएर ठगी गरेका थिए।

पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ मा बसोबास गर्दै आएका २६ वर्षीय दीपेन्द्र गुरुङ र सर्लाही बरहथवा नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१५ मा बस्दै आएकी ३४ वर्षीया रुपी माया रहेका छन्।

दीपेन्द्रले बुसनिया पठाउने भन्दै ६ जनाबाट सात लाख रूपैयाँ उठाएर ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई आइतबार काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरिएको हो।

त्यस्तै, रुपी मायाले मलेसिया पठाइदिने भन्दै ६ जनाबाट पाँच लाख सन्ताउन्न हजार रूपैयाँ असुलेर ठगी गरेको पाइएको छ । उनलाई काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी, काजी कुमार आचार्यले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्