३२ असार २०८३, बिहीबार

तेहरानको तेस्रो जिल्लामा इजरायली आक्रमणको तयारी,  सर्वसाधारणलाई तत्काल सर्न निर्देशन

असार २, २०८२
काठमाडौं
तेहरानको तेस्रो जिल्लामा इजरायली आक्रमणको तयारी,  सर्वसाधारणलाई तत्काल सर्न निर्देशन

इजरायली सेनाले इरानको राजधानी तेहरानको तेस्रो प्रशासनिक जिल्लामा रहेका बासिन्दाहरूलाई तत्काल उक्त क्षेत्र खाली गर्न निर्देशन दिएको छ । 

सेनाको भनाइमा, उक्त क्षेत्रमा इरानी सैन्य संरचना रहेको र त्यसमाथि लक्षित कारबाही गरिने तयारी भइरहेको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले एक्स मा जानकारी दिँदै ‘आगामी केही घण्टाभित्र’ कारबाही हुने चेतावनी दिएको छ । उसले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको हो ।

तेहरानको तेस्रो जिल्ला समृद्ध र बाक्लो जनसंख्या भएको क्षेत्र हो । यहाँ आवासीय बस्तीहरूसँगै सरकारी संरचना तथा इस्लामिक रिपब्लिक अफ इरान ब्रडकास्टिङका मुख्य कार्यालयहरू समेत रहेका छन्।

इजरायली रक्षा मन्त्री इस्राइल कात्जले सोमबार एक वक्तव्य जारी गर्दै ‘इरानी प्रचार र भड्कावको मुख्य स्रोत अब अन्त्यतर्फ उन्मुख छ’ भनेका छन् । उनले नजिकका बासिन्दाहरूको स्थानान्तरण प्रक्रिया शुरू भइसकेको पनि जनाएका छन् । यद्यपि, उनले उल्लेख गरेको ‘स्थानान्तरण’ आईआरआईबी सञ्जालसँग सम्बन्धित हो वा तेस्रो जिल्ला नै भन्ने विषय प्रस्ट खुलाइएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्