
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् उनी आज डिस्चार्ज भएका हुन् ।
छातीमा सङ्क्रमण भएपछि महासचिव वैद्यलाई करिब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज भएको उनकी छोरी चेतना शर्माले जानकारी दिइन् ।