१२ साउन २०८३, मंगलबार

पाँच दिन तिब्बतमा भारी वर्षा हुने, भोटेकोशी र सुनकोशी आसपास सतर्कता अपनाउन आग्रह

असार ४, २०८२
काठमाडौं
पाँच दिन तिब्बतमा भारी वर्षा हुने, भोटेकोशी र सुनकोशी आसपास सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तिब्बतमा पाँच दिन भारी वर्षा हुने भएकाले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यही असार ३ देखि ७ गतेसम्म भोटेकोशी नदी आउने चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले यता सतर्कता अपनाउन भनेको छ ।

प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरेको छ  ।

null

salt training

कमेन्ट गर्नुहोस्