१६ असार २०८३, मंगलबार

सशस्त्रका एआईजी ठाडा मगरले लगाए फुली

असार ४, २०८२
काठमाडौं
सशस्त्रका एआईजी ठाडा मगरले लगाए फुली

सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले दर्ज्यानी चिह्न पाएका छन् । 

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोक स्वयम्भूमा महानिरीक्षक राजु अर्यालले ठाडा मगरलाई  दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 

नेपाल सरकार मन्त्रिपरिषद्को असार २ गतेको निर्णयले उनी सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका हुन् । 

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका ठाडा मगरलाई बधाई दिँदै बढुवासँगै थपिएको पदीय जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकतासाथ निर्वाह गर्नुपर्ने बताए । 

उनले दीर्घकालीन रूपमा संगठनको लक्ष्य हासिल गर्न पेशागत जीवनमा लामो समय हासिल गरेका सबै सशस्त्र प्रहरी कर्मचारीको ज्ञान, सीप, क्षमता र अनुभवको उच्च मूल्यांकन हुने भएको हुँदा कार्यक्षेत्रमा खटिँदा आमनागरिकको सेवा, सुरक्षा र सहयोगमा इमान्दार र कर्तव्यनिष्ठ भई लाग्नुपर्ने बताए । 

महानिरीक्षक अर्यालले भ्रष्टाचार एवं लैङ्गिक हिंसामा शून्य सहनशिलता एवं मानवअधिकारको संरक्षण र सम्वर्द्धनमा हरहमेशा कटिबद्ध तथा पूर्ण व्यावसायिकतासाथ लाग्नुपर्ने बताउँदै आपसी भाइचारा, बन्धुत्व, सद्‌भाव एवं सहयोगी भावनाकासाथ संगठनप्रति निष्ठावान हुँदै अनुशासित र इमान्दारितापूर्वक आफ्ना काम कारबाही अगाडि बढाउनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्