इजरायल र इरानबीचको बढ्दो द्वन्द्व तथा पछिल्ला दिनमा उत्पन्न सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले नेपाली नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ।
परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको सूचनामा हाल इजरायल वा इरानमा रहेका नेपाली नागरिकहरूलाई आफ्नो सुरक्षालाई प्राथमिकता दिनुका साथै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। मन्त्रालयले सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता, यात्रा तथा सुरक्षित स्थान सम्बन्धी सूचना र निर्देशनहरू पालना गर्न स्पष्ट आग्रह गरेको छ।
इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई निम्न बुँदाहरू जारी भएको छ ट्राभल एडभाइजरी-