१० साउन २०८३, आइतबार

सिटीको सहज जीत, रियल बराबरीमा रोकियो

असार ५, २०८२
काठमाडौं
सिटीको सहज जीत, रियल बराबरीमा रोकियो

क्लब विश्वकप फुटबलमा म्यानचेस्टर सिटीले सहज जीत दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा सिटीले मोरक्कोको क्लब विदादविरुद्ध २–० को सहज जित दर्ता गरेको हो ।

खेलको शुरूआतमै फिल फोडेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो मिनेटमै फोडेनले सहज गोल गरेका थिए । ४२औं मिनेटमा जेरिमी डोकुले दोस्रो गोल गरे ।

८८औं मिनेटमा सिटीका रिको लुइसले सामुएल ओबेन्गमाथि ट्याकल गर्दा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि सिटी १० खेलाडीमा सीमित रह्यो ।

सिटी समूह ‘जी’ मा शीर्ष स्थानमा छ। अब आइतबार अटलान्टामा अल–आइनको सामना गर्नेछ।

विदाद भने फिलाडेल्फियामै रहेर अर्को प्रतिद्वन्द्वी युभेन्ट्ससँग भिड्नेछ। 

यसैगरी, रियल मड्रिड भने अल हिलालसँग बराबरीमा रोकिएको छ । क्लब विश्वकपको पहिलो खेलमा अल हिलालले रियललाई १–१ को बराबरीमा रोकेको हो ।

अमेरिकाको हार्ड रक स्टेडियममा भएको समूह ‘एच’ अन्तर्गतको यो खेलमा रियलका गोन्जालो गार्सियाले ३४औं मिनेटमा गोल गरे। अल हिलालका रुबेन नेभेसले सात मिनेटपछि पेनाल्टीमार्फत बराबरी गोल फर्काए।

 

salt training

कमेन्ट गर्नुहोस्