करेन्ट लागेर मकवानपुर र रौतहटमा एक/एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित तारा फाइबर उद्योगमा काम गर्ने भारत बिहार पूर्वी चम्पारण बस्ने ४० वर्षीय भुषण बैठाको पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
यस्तै, रौतहटको राजपुर नगरपालिका-३ डमार पोखरी टोल बस्ने ३० वर्षीया गुलनाज खातुनको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।