
सिन्धुलीको दुधौली नगरपालिका-११ मरघट्टीमा एक बालिकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोही ठाउँका हस्त बहादुर सुनुवारकी छोरी ८ वर्षीया ममताको सिँचाइका लागि खनेको पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको हो।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको कटारी नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, कैलालीको कैलारी गाउँपालिका-७ बस्ने ४६ वर्षीय दुलाराम चौधरीको सोही गाउँपालिका-७ घोडाघोडिस्थित मोहना नदीमा डुबेर बुधबार बेलुकी मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुर समेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।