२३ असार २०८३, मंगलबार

राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल सकियो

असार ५, २०८२
विराटनगर
राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल सकियो

कोसी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान माथिको छलफल समाप्त भएको छ ।

छलफलमा कोसी प्रदेशसभा सदस्यहरु सपना दर्जी, गोम्बु शेर्पा र रमेशकुमार बस्नेतले राखेको जिज्ञासामा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक रहेको बताए । उनले स्रोतहरुको खोजी र आयको अनुमान गरी नै सरकारले बजेट ल्याएको दाबी गर्दै आगामी आर्थिक वर्षमा वन क्षेत्र र नदीजन्य पदार्थबाट रु एक अर्ब राजस्व उठ्ने अनुमान रहेको बताए । 

मन्त्री मगरले विगतमा कृषिमा दिएको अनुदानले सही किसान लाभान्वित नभएकाले अहिले कृषकलाई ब्याजमा अनुदान दिने जानकारी दिँदै चालु आवको चैत मसान्तसम्ममा पुँजीगत खर्च ४७ प्रतिशत भए पनि असार मसान्तसम्मा ८० प्रतिशत पुग्ने अनुमान रहेको बताए । 

भौतिक पूर्वाधार विकास एवं सामाजिक विकासमन्त्री भूपेन्द्र राईले प्रदेश सरकारले निर्णय गरेको योजनामा सङ्घीय सरकारले वास्ता नगरेकामा चिन्ता व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्