
प्रहरीले रुकुम पूर्वमा लागूऔषध गाँजाका बोट फडानी गरेको छ ।
अवैध रूपमा उम्रिएका गाँजाका बोटहरू फडानी गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाको दक्षिणी भेगमा अवस्थित भूमे गाउँपालिका-९ भेरिडाँडामा आफैं उम्रिएका बोट प्रहरीले गस्ती गर्दै जाने क्रममा फेला पारी नष्ट गरेको हो ।
रुकुम पूर्व प्रहरीले अवैध रूपमा लगाएका अथवा आफैं उम्रिएका गाँजा (भाँङ), अफिम लगायत नष्ट गर्दै आइरहेको छ ।