२९ जेठ २०८३, शुक्रबार
चार वायु सक्रिय

पश्चिमका केही ठाउँमा रातिदेखि नै वर्षा, तीन प्रदेशमा दिउँसो ठूलो पानी पर्ने

असार ६, २०८२
काठमाडौं
पश्चिमका केही ठाउँमा रातिदेखि नै वर्षा, तीन प्रदेशमा दिउँसो ठूलो पानी पर्ने

पश्चिम नेपालका केही ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, रोल्पा, बागलुङ, पाल्पा, म्याग्दी, नवलपरासी, कास्की, लमजुङलगायत ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँके, गोरखा, लमजुङ्ग, कास्की, पर्वत, पाल्पा, बागलुङ लगायत आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ । 

ठूलो पानी परेसँगै ती आसपासका क्षेत्रमा रहेका नदी तथा खोलामा बाढी आएकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार देशका केही भूभागका आज वर्षाको सम्भावना छ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने तथा कोशी र मधेशका तराईका भू–भागका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

कोशी, वाग्मती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

हाल कोशी, मधेश, वाग्मती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनीका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ । 

साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

कमेन्ट गर्नुहोस्