२६ जेठ २०८३, मंगलबार

दैलेखमा नेपाललाई ६० वर्षलाई पुग्ने ग्यास भण्डारण भेटियो

असार ६, २०८२
काठमाडौं
दैलेखमा नेपाललाई ६० वर्षलाई पुग्ने ग्यास भण्डारण भेटियो

 मुलुकमा वार्षिक ५५ अर्ब रुपियाँ बराबरको पाँच लाख मेट्रिक टनभन्दा बढी खाना पकाउने एलपी ग्यास आयात भइरहेको बेला त्यसलाई प्रतिस्थापन गर्न सक्ने गरी स्वदेशमै प्राकृतिक ग्यास फेला परेको छ । 

चाइना जिओलोजिकल सर्भेको अध्ययनले दैलेखको भैरवी गाउँपालिकास्थित जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको देखाएको हो । सन् २०१९ देखि अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक अध्ययनले नेपाललाई ५० देखि ६० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको देखाएको हो । प्राकृतिक ग्यासको उत्पादनमा गई प्रयोगमा आउन थालेपछि एलपी ग्यासको आयातलाई विस्थापन गर्न सक्ने देखिएको छ । 

अध्ययनको प्रारम्भिक प्रतिवेदनले एक वर्षभित्रमा उत्पादन परीक्षणमा जान सक्ने देखाएको छ । चीन सरकारको अनुदानमा दुई अर्ब १७ करोड रुपियाँ लागतमा छ वर्ष लगाएर सो अध्ययन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्