१० साउन २०८३, आइतबार

प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा संसद् अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह

असार ६, २०८२
काठमाडौं
प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा संसद् अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका छन् ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन् । 

उनले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरूप बदल्न आग्रह गरेका हुन् । 

सभामुखको आग्रहलाई अस्वीकार गर्दै रास्वपाले भने आफ्नो विरोध जारी रहने जनाएको छ । रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ ।

प्रश्नोत्तरका लागि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट बानेश्वर प्रस्थान गरिसकेका छन् ।  । 

एमाले मुख्य सचेतक महेशकुमार बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि रास्वपालाई होहल्लाबीच प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर राख्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै रास्वपाले संसद् अवरुद्ध गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्