
स्याङ्जामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा फेदीखोला गाउँपालिका- ३ कराम्दीका २७ वर्षीय सूर्य मिजार छन् । उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मिजारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।