०५ साउन २०८३, मंगलबार

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

असार ६, २०८२
काठमाडौं
पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता
फाइल फोटो

पाकिस्तानको जेलमा रहेका कुल २ सय ६९ अफगान नागरिक स्वदेश फिर्ता भएका छन् ।

उनीहरूलाई बिहीबार रिहा गरी मातृभूमि अफगानिस्तान फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टोलोन्युजले शुक्रबार बताएको छ ।

पाकिस्तानको विभिन्न जेलमा तीन महिना बिताएका महिला र बालबालिका लगायत पूर्व कैदीहरूलाई तोरखाम सीमा विन्दुमा अफगान अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।

पाकिस्तानले विगत छ महिनामा सयौं अफगान कैदीलाई मुक्त गरेको छ ।​

इस्लामाबादले कानूनी यात्रा कागजातहरू नभएका अफगान शरणार्थीहरूलाई छिमेकी देश छोड्नसमेत निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्