१४ असार २०८३, आइतबार

दैलेख ग्यास उत्खननको उपलब्धिमा ओलीले सम्झिए देउवा र प्रचण्डको भूमिका

असार ६, २०८२
काठमाडौं
दैलेख ग्यास उत्खननको उपलब्धिमा ओलीले सम्झिए देउवा र प्रचण्डको भूमिका

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेख मिथेन ग्यास उत्खननमा भएको प्रगतिबारे पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'को भूमिकाको सराहना गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेतासहितको बैठकमा ओलीले आ–आफ्नो कार्यकालमा यस विषयमा काम गरेको भन्दै दुवै जनाको भूमिकालाई स्मरण गरेका हुन् ।

‘दैलेखमा हामीले लामो समयको प्रयासपछि ग्यास उत्खननमा सफलता हात पारेका छौं । यसमा पूर्वप्रधानमन्त्रीका रूपमा तपाईंहरूले आ–आफ्नो कार्यकालमा भूमिका निर्वाह गर्नुभएको छ भनेर प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरूको कामलाई सराहना गर्नुभएको छ,’ छलफलमा सहभागी भएका नेता अग्नि खरेलले भने, ‘आफ्ना खालको भूमिका प्रधानमन्त्रीहरूले आफ्नो समयमा निभायौं । त्यसैले हामी आजको ठाउँमा आएको छौं । यसमा हामी सबै बधाईका पात्र हौं । सबैको प्रयत्नले यो सम्भव भएको हो ।’

दैलेखमा ११२ अर्ब घनमिटर मिथेन ग्यास भेटिएको प्रारम्भिक प्रतिवेदनलाई प्रधानमन्त्रीले ठूलो उपलब्धि मानेका हुन् ।

त्यस्तै नवलपरासीको फलाम खानीलाई पनि अगाडि बढाउने विषयलाई प्रधानमन्त्रीले प्राथमिकतामा राखेको खरेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्