२३ असार २०८३, मंगलबार

ग्वार्को ओभरपास उद्‌घाटन : एसएसपी अधिकारीले रिबन काटे, प्रधानमन्त्री ओलीले ताली बजाए

असार ६, २०८२
काठमाडौं
ग्वार्को ओभरपास उद्‌घाटन : एसएसपी अधिकारीले रिबन काटे, प्रधानमन्त्री ओलीले ताली बजाए

ललितपुरको ग्वार्को चोकमा बनेको ओभरपासको शुक्रबार उद्‌घाटन गरिएको छ ।

पटकपटक भाका सार्दै सम्पन्न भएको ओभरपास आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्‌घाटन गरेका हुन् । उनले रिबन काट्दा प्रधानमन्त्री ओलीले ताली बताएका थिए । नजिकै डिभाइडरमा राखिएको शिलापत्रको अनावरण भने प्रधानमन्त्री ओलीले गरे ।​

null

ओभरपास निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधारण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौं उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो ।

तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो । 

तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो ।

आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।

केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले ठेकेदार कम्पनीले पटक-पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब रु एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको हो ।

तस्वीरहरू

null

null

null

salt training

कमेन्ट गर्नुहोस्