२२ जेठ २०८३, शुक्रबार

आइओएमले यातायात बन्द गरेपछि सुडानी शरणार्थीलाई थप तनाव

असार ६, २०८२
काठमाडौं
आइओएमले यातायात बन्द गरेपछि सुडानी शरणार्थीलाई थप तनाव

आर्थिक अभावका कारण दक्षिण सुडानमा एक महत्वपूर्ण यातायात सम्पर्क ‘अस्थायी रूपमा स्थगन’ गर्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीले शुक्रबार बताएको छ । 

दक्षिण सुडान सन् २०११ मा स्वतन्त्र भएदेखि नै द्वन्द्व र गरिबीको चपेटामा परेको छ र हालैका महिनाहरूमा सुडानको उत्तरी सिमानामा जारी युद्धले यसलाई अझ चर्काएको छ।
 
सुडानमा सन् २०२३ को अप्रिलमा सुरु भएको नियमित सेना र अर्धसैनिक ‘¥यापिड सपोर्ट फोर्सेज’ बीचको द्वन्द्व पछिल्लो समय पश्चिम र दक्षिणमा तीव्र भएको छ ।

शुक्रबार संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले आर्थिक सहयोग कटौतीका कारण दक्षिण सुडानमा दक्षिणबाट भागेर आउने मानिसहरूका लागि दिइँदै आएको निःशुल्क यातायात सेवा ‘सन् २०२५ जुन १ देखि अस्थायी रूपमा स्थगन गरिएको’ जनाएको छ ।

दुई देशबीचको मुख्य सीमा नाका जोडा नाका र रेङ्क शहरको बीचमा एउटा बस र एउटा ट्रक सहितको आपतकालीन सेवा स्थापना गरिएको दूतावासले जनाएको छ ।

जुनको अन्त्यसम्म मात्र सेवा सञ्चालन गर्न सकिने र कोषको अभाव पूरा गर्न ६५ लाख अमेरिकी डलरको अपिल आइओएमले एएफपीलाई बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्