२४ जेठ २०८३, आइतबार
खानपान

स्वादिलो र पोसिलो हरियो मकैबाट के-के परिकार बन्छन् ?

असार ७, २०८२
काठमाडौं
स्वादिलो र पोसिलो हरियो मकैबाट के-के परिकार बन्छन् ?

हरियो मकै मन नपराउने को होला र ? हरियो मकै सबैको प्रिय हुन्छ। बच्चादेखि बुढासम्म सबैले मन पराउँछन् । हरियो मकैको सिजन शुरू हुनासाथ गाउँ होस् या शहर सबैको हात हातमा हुन्छ पोलेको मकै र नुन खुर्सानीको अचार। शहरको बाटो बाटोमा हरियो मकै पोलेर बेच्नेको उल्लेख्य संख्या देख्न सकिन्छ ।

मौसमी व्यवसाय गर्नेहरूका लागि हरियो मकै राम्रो आम्दानीको स्रोत हो । बिहानदेखि बेलुकासम्म खटेर मकै पोलेर बेच्नेले दिन मै १५ सयदेखि २५ सम्म कमाउँछन्। हरियो मकै पोलेर र तरकारी व्यापार गरेर काठमाडौंमा घर बनाउने धेरै भेटिन्छन्। हुन पनि हरियो मकैको लोकप्रियता सर्वव्यापी छ।
मकैको इतिहास खोतल्ने हो भने धेरै पुरानो छ। मकै खेती कहाँबाट शुरू भयो भनेर ठ्याक्कै भन्न कठिन छ तर, मकैको खेती शुरू गर्ने श्रेय मेक्सिकोलाई जान्छ । जसले मकैलाई विश्वभर पुर्‍याउन उल्लेख्य भूमिका खेलेको छ । शुरूशुरूमा जङ्गली घाँस भनेर चिनिएको मकैको इतिहास ९ हजार वर्षभन्दा पुरानो छ ।

मेक्सिको, अमेरिका, युरोपियन युनियन, ब्राजिल र चीनले पनि मकैको उत्पादनलाई धेरै पहिलादेखि प्राथमिकतामा राखेर विश्वव्यापी आपूर्ति गर्दै आएका छन्। कतिपय देशहरूको राष्ट्रिय खाना नै मकैको परिकार पर्छ। अर्जेन्टिनाको लोक्रो भन्ने परिकार त्यहाँको राष्ट्रिय परिकार सरह हो । जुन परिकार बनाउँदा हरियो मकै, मासु, फर्सी मिसाएर पकाइन्छ । जुन परिकार अर्जेन्टिनाले आफ्नो देशको प्रजातन्त्र दिवसमा विशेष परिकारको रूपमा पस्कने गर्छ ।

मेक्सिकोमा मकैलाई कुनै पनि भान्साको आधारभूत सामग्रीको रूपमा मानिन्छ। मकैबिना मेक्सिकोको भान्सा अधुरो हुन्छ । त्यसैले त उनीहरूको कयौं मकैका परिकार विश्वभर फैलिएको छ। हरियो मकै होस् या सुकेको, रोटी या रोल, सलाद होस् या चिप्स, मुख्य खाना होस् या मिठाई सबै मकैका परिकार हुन्छन् ।

मकै महोत्सव
लुइसाना मकै महोत्सव, एडेल्मा स्वीट कर्न महोत्सव, सिपेन्सबर्ग मकै महोत्सव, इडेन मकै महोत्सव तय भैसकेका छन् । प्रत्यक्ष संगीत, प्रतियोगिता, परेडयावत मकैका परिकार र थप आकर्षण रहने यी महोत्सवमा बर्सेनि भिडभाड रहन्छ। स्थानीय उत्पादनको स्वादिष्ट स्वाद र प्रोत्साहन रहने यस्ता महोत्सव नियमित हुँदा मकैको लोकप्रियता झन् बढ्दै गएको छ ।

नेपालमा तराई, पहाड, हिमाल सबै ठाउँमा मकैको उत्पादन र बिक्रीवितरण हुने भएता पनि मकै महोत्सव हुने गरेको छैन । सरकारी तवरबाट यस्ता महोत्सव हुने हो भने एक त मौलिक परिकारमा विविधता ल्याउन सकिन्छ भने अर्कोतर्फ स्थानीय स्तरका उत्पादन सबैले चाख्ने मौका पाउँछन् । यस्ता कार्यक्रमले स्थानीय कृषकलाई पनि प्रोत्साहन मिल्ने गर्छ ।
  
मकैका मौलिक परिकार सबैको प्रिय हुन्छ तर, पनि समयअनुसार यसमा विविधता नहुनुले यसको लोकप्रियता घट्न सक्ने प्रस्ट छ। मौलिकता झल्कने आफ्नै देशमा सामाग्री प्रयोग गरेर विविधता ल्याउन सके मात्र विदेशी परिकारलाई रोक्न सकिन्छ । नत्र भोलिका दिनमा यही आगोको भुङ्रोमा पोलेर पस्कने हाम्रो मौलिक संस्कार पनि लोप भएर जान्छ ।

सधैँ सम्झनुहोस् हामी खाना बनाउने भान्सेले 'अन्न केवल पेटका लागि होइन, प्राणका लागि पनि हो खाना पेटले होइन आत्माले पनि खान्छ, पानीले तिर्खा मेटिन्छ, तर भावना शुद्ध नभए शरीर होइन आत्मा भिज्छ । हाम्रो जीवनमा प्रेम, शान्ति र पवित्र ऊर्जा सधैं रहोस्  ।'
 
विश्वमा हरेक वर्ष सयौं मकै महोत्सव आयोजना गरिन्छ र विविध मकैका नयाँनयाँ परिकार पस्कने गरिन्छ । युरोप अमेरिकामा मकै महोत्सवले ठुलो महत्व राख्छ । ग्राहकहरू अग्रीम बुकिङ्ग गरेर बसेका हुन्छन्। नयाँ उत्पादन र परिमार्जित नयाँ परिकारले सबैको मन लोभ्याएको हुन्छ। मकैका थरिथरिका परिकार र सजावटलेले आयोजना स्थल मनमोहक देखिएको हुन्छ ।

के-के बन्छ हरिया मकैका परिकार ?
हरिया मकैका परिकार देशअनुसार फरक-फरक हुन्छन्। देश र स्वादअनुसार फरक-फरक परिकार बनाएर पसक्ने हुनाले मकै संस्कृति भूगोलका हिसाबले पनि भिन्न हुन्छ। नेपालमा हरिया मकै पोलेर, उसिनेर, डामेर, रोटी बनाएर, सुप बनाएर, सादेर पस्कने गरिन्छ भने सुकेको मकैको च्याख्ला, डिडो र रोटी मन पराउने परम्परा छ ।

मेक्सिकोमा मकैबाट विभिन्न स्वादको नाचोज, ताकोस, तोर्तीलास, तामाले, ग्रील कर्न अनदि कप, इन्चिलादास, गोर्डीतास, इलोटे, पोजोले, कर्न फ्रिटस, इटलीको पोलेन्टा विश्वभर प्रसिद्ध छ। भारतीय व्यञनमा पनि मकैले प्रमुख भूमिका खेलेको छ। भारतका हरेक प्रान्तमा भिन्नभिन्न स्वादमा मकैका परिकार तयार गरेर पस्कने परम्परा छ ।

पञ्जाबमा हरियो र गुलियो मकैबाट सर्सुको सागमा मिसाएर पकाइन्छ भने मक्की रोटी पनि त्यतिकै लोकप्रिय छ। हरियो गुलियो मकै पुलाउ पनि धेरैले रुचाउँछन्। मकैको भुट्टा, मकैको चाट मकैको टिक्कीदेखि लिएर मक्की खिर, कडाइ कर्न, मसला कर्न, कर्न पकोडा, चटपटा कर्न प्रख्यात छन्। कर्न फ्लेक्स, पपकर्न, ब्यबी कर्न, स्वीट कर्न, क्रीमकर्न त झन विश्व बजारमा धेरै पहिलादेखि नै लोकप्रिय परिकार हुन् ।

salt training

कमेन्ट गर्नुहोस्