१७ असार २०८३, बुधबार

शनिबार पनि दिनभर संसद् बैठक, १६ बुँदे कार्यसूची

असार ७, २०८२
काठमाडौं
शनिबार पनि दिनभर संसद् बैठक, १६ बुँदे कार्यसूची

विनियोजन विधेयक (बजेट)माथि छलफल गर्न शनिबार प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयमाथिको छलफलका लागि शनिबार पनि संसद्को बैठक राखिएको हो ।

शनिबार संघीय मामिला तथा सामान्य प्रशासन, गृह, परराष्ट्र, श्रम तथा रोजगार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतको विनियोजित शीर्षकमाथि छलफलको कार्यसूची छ । छलफल अघि ती मन्त्रालयमा विनियोजित शीर्षकमाथि खर्च कटौती प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

विभिन्न सांसदले खर्च कटौती प्रस्ताव राखेकाले शनिबार संसद्को कार्यसूचीमा १६ बुँदा समावेश गरिएको छ ।

जेठ १५ देखि मसान्तसम्म संसद बैठक अवरुद्ध भएकोले एकै दिन आधा दर्जन मन्त्रालयमाथिको छलफल राखिएको हो ।

असार १२ गते भित्र विनियोजन लगायत बजेटका पूरक विधेयक समेत पारित गर्नेगरी संसद्को क्यालेन्डर तयार गरिएको छ ।

साउन १ गतेदेखि कार्यान्वयनमा आउने नयाँ बजेट असार मसान्त अगावै संसद्‌बाट पारित गरेर राष्ट्रपतिले प्रमाणित गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

salt training

कमेन्ट गर्नुहोस्